काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार इलिमिनेटर खेल हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा भिडन्त हुँदैछ ।सिधै फाइनल पुग्ने होडमा हुनेछन् सुदूरपश्चिम र जनकपुर। यी दुई टोलीबीचको क्वालिफायर एक खेल आज १ बजे हुनेछ।
क्वालिफायर २ को खेल भोलि हुनेछ। जसमा इलिमिनेटरबाट विजयी टोली र क्वालिफायर १ मा पराजित टोली खेल्नेछन्।क्वालिफायर २ को विजयी टोलीले आज क्वालिफायर १ को विजयी टोलीसँग शनिबार खेल्नेछ।