लोकप्रिय

लोकप्रिय

सीडीओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता, गृहद्वारा छानबिन समिति गठन


Saptarangilive
  • सीडीओसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता, गृहद्वारा छानबिन समिति गठन

    श्रावण -११,सुनसरी  । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।

    1000113893.png

    मन्त्रालयले सुनसरीका सीडीओ बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई जिम्मेवारी दिएको छ।
    यी हुन् हेरफेर गरिएका सुरक्षा प्रमुखहरू:

    कोशी प्रदेश प्रहरी: डीआईजी विनोद घिमिरेलाई प्रधान कार्यालय बोलाइयो , डीआईजी शेखर खनाललाई कोशी प्रदेश पठाइयो,

    जनपद प्रहरी (सुनसरी): एसपी केशव थेवेलाई गौतमबुद्ध विमानस्थल पठाइयो, त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी खटाइयो।

    सशस्त्र प्रहरी (सुनसरी): एसपी श्यामकुमार कार्कीको ठाउँमा प्रधान कार्यालयका एसपी लवकुमार सापकोटालाई जिम्मेवारी दिइयो।

    सशस्त्र प्रहरी (कप्तानगञ्ज): डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर डीएसपी मदन नाथलाई पठाइयो।

    छानबिन समिति गठन र कर्फ्यु आदेश :
    आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने २४ जना (९ सर्वसाधारण, १० नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी) घाइते भएका छन्।घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ, जसलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट