लोकप्रिय

लोकप्रिय

एसएसपी सुबासचन्द्र बोहराको कमाण्डमा ठुलो सफलता , कुलेश्वरमा गोली प्रहार गरी २४ हजार लागुऔषधसहित ३ पक्राउ


Saptarangilive
  • एसएसपी सुबासचन्द्र बोहराको कमाण्डमा ठुलो सफलता , कुलेश्वरमा गोली प्रहार गरी २४ हजार लागुऔषधसहित ३ पक्राउ

    श्रावण - ०३, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले आइतबार काठमाडौंको कुलेश्वरबाट गोली प्रहार गरी १ भारतीय नागरिकसहित ३ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।  

    nepal police.jpg
                                                                               

    पक्राउ पर्नेहरुमा भारतीय नागरिक २५ वर्षीय राज सोनी, बाँके नेपालगञ्जका १९ वर्षीय निखिल सोनी र सुर्खेत पन्चपुरीका १९ वर्षीय शोफिया मगर रहेको ब्युरो प्रमुख एसएसपी सुबासचन्द्र बोहराले बताए। पक्राउ गर्ने क्रममा उनीहरूबाट उल्टै आक्रमण भएपछि गोली चलाउनुपरेको  बोहराले थपे । 

    1000113138.jpg
    गोली हानेर समातिएका व्यक्तिबाट  लागुऔषध टेपेन्डाडोल २४ हजार ७ सय क्याप्सुल बरामद भएको हो। भारतबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा ब्युरोको टोली खटिएको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजे पछि गोली चलाइएको र सुरुमा हवाई फायर गरिएको थियो । त्यसपछि भारतीय  नागरिकको दुबै खुट्टाको घुँडामुनि गोली हानेर पक्राउ गरेको एसएसपी बोहराले सप्तरङ्गिलाइभलाई बताएका छ्न ।
     
     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट