लोकप्रिय

लोकप्रिय

अन्तर्राष्ट्रिय लागु औषध गिरोहमाथि एसएसपी सुबासचन्द्र बोहराको ठूलो प्रहार, काठमाडौँमा करोडौँको कोकिन बरामद


Saptarangilive
  • अन्तर्राष्ट्रिय लागु औषध गिरोहमाथि एसएसपी सुबासचन्द्र बोहराको ठूलो प्रहार, काठमाडौँमा करोडौँको कोकिन बरामद
    श्रावण -०४, काठमाडौं  । अन्तर्राष्ट्रिय लागु औषध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर अवैध धन्दा चलाउन नयाँ-नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन्। तरल अवस्थाको कोकिनलाई ‘सिलिकन’ मा मिसाएर कपडाको आकार दिई नेपाल भित्र्याइएको साढे ४ किलो कोकिनसहित दुई जना विदेशी महिला पक्राउ परेका हुन।
    111.jpg
    लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबासचन्द्र बोहराको कमाण्ड र विशेष सक्रियतामा चालिएको अपरेशनका क्रममा ब्यूरोको टोलीले काठमाडौँबाट ४ किलो २५८ ग्राम कोकिनसहित कोलम्बियन र भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। ब्यूरोका प्रमुख एसएसपी सुबासचन्द्र बोहराको अनुसार तस्करहरूले सुरक्षा निकायको आँखा छल्न यसपटक निकै चलाखीपूर्ण र फरक शैली अपनाएको बताए। ‘विमानस्थलमा हुने चेकिङ र एक्सरे मेसिनलाई समेत झुक्याउने उद्देश्यले उनीहरूले कोकिनलाई केमिकलमा घोलेर ब्लाङ्केट, म्याट, ज्याकेट र एप्रोन जस्ता कपडाको साँचोमा ढालेर ल्याएको देखिन्छ,’ एसएसपी बोहराले भने  ‘तर प्रहरीको निरन्तरको सूक्ष्म अनुसन्धान र सुराकीका कारण तस्करहरूको यो नयाँ शैली पनि असफल भएको छ।
    1000112687.jpg
    ’कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौँ आएकी  ६२ वर्षकी कोलम्बियन नागरिक योनेथ गार्जन काइसेडो (Yoneth Garzon Caicedo) लाई ब्यूरोको टोलीले विमानस्थलदेखि नै निगरानीमा राखेको थियो। उनी ठमेलस्थित एक होटलमा पुगेपछि प्रहरीले उनको कोठा र सुटकेस खानतलासी गर्यो।निलो रङको सुटकेसभित्र फल्स बटम (लुकाउने ठाउँ) बनाएर राखिएका सामानहरू हेर्दा सामान्य कपडा जस्तै देखिन्थे। तर,सुक्ष्म रूपमा जाँच गर्दा सिलिकनमा मिसाएर कपडाको आकार दिइएको उक्त कोकिन बरामद भएको बताइएको छ।कोलम्बियन महिला समातिएलगत्तै ब्यूरो प्रमुख एसएसपी बोहराले अनुसन्धानलाई थप कडा बनाउन निर्देशन दिएका छ्न। प्रहरीले समातिएकी महिलाकै माध्यमबाट कोकिन बुझ्न आउने मुख्य ब्यक्तिको खोजी सुरु गर्‍यो।सोही क्रममा उक्त कोकिन लिन भारतको मणिपुरबाट काठमाडौँ आइपुगेकी ३७ वर्षकी रेबेका पुल्ले (Rebecca Pulle) लाई पनि ब्यूरोको टोलीले साउन ३ गते काठमाडौँकै एक स्थानबाट पक्रियो । प्रहरीले उनीहरूको साथबाट कोकिनका अतिरिक्त अमेरिकी डलर, राहदानी र ४ थान मोबाइल समेत बरामद गरेको छ।ब्यूरोका अनुसार पक्राउ परेका दुवै जना विदेशी महिला भरिया मात्र हुन् वा मुख्य गिरोह नै हुन् भन्नेबारे र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा हिरासतमा राखेर थप गम्भीर अनुसन्धान भइरहेको बताएको छ।
    1000113289.jpg
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट