लोकप्रिय

लोकप्रिय

व्यापारको आडमा गाँजा तस्करी, सिरहामा ६५२ केजी गाँजासहित ३ पक्राउ


Saptarangilive
  • व्यापारको आडमा गाँजा तस्करी, सिरहामा ६५२ केजी गाँजासहित ३ पक्राउ
    ​श्रावण -०६, लहान । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सिरहाको लहानबाट ६५२ किलोग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
    1000113499.jpg
    ​लागू औषध नियन्त्रण ब्यूरो, सिरहाको टोलीले लहान नगरपालिका वडा नं. ३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डमा छापा मारेको थियो। त्यहाँ पार्किङ गरी राखिएको बा २१ च ५८६६ नम्बरको पिकअप गाडी खानतलासी गर्दा गाडीको पछाडिको भागमा फलफूलले छोपेर राखिएको अवस्थामा ६५२ केजी गाँजा फेला परेको हो।
    ​पक्राउ पर्नेहरूमा लहान-३ बस्ने, ३८ वर्षीया श्यामकुमारी साह,सोही ठाउँका १९ वर्षीय शिवम साह र भारत घर भई हाल लहान-३ मा बस्दै आएका ३८ वर्षीय गौरव महतो रहेको प्रहरीले जनाएको छ। 
    1000113500.jpg1000113501.jpg1000113502.jpg
    प्रहरीले घटनास्थलबाट गाँजा र पिकअप गाडीसहित गाडीको ब्लु बुक १ थान र  मोबाइल फोन ३ थान समेत फेला पारेको प्रहरीको भनाइ रहेको छ।बरामद सामान र पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, लहानमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिएका छ्न।
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट