लोकप्रिय

लोकप्रिय

खैरो हेरोइनसहित नेपालगञ्जबाट दुई महिला पक्राउ


Saptarangilive
  • खैरो हेरोइनसहित नेपालगञ्जबाट दुई महिला पक्राउ
    श्रावण -०६, नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट ठूलो परिमाणको लागूऔषध खैरो हेरोइनसहित दुई जना महिला पक्राउ परेका छन्।
    1000113506.jpg
    ​लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ बाट ४ सय ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नं. १ घर भई हाल बाँकेमा रहँदै आएकी ३३ वर्षीया ललिता बुढाथोकी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ की २४ वर्षीया निशा मगर रहेका छन्।
    ​1000113507.jpg
    विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा फेला पारेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। उनीहरूको साथबाट खैरो हेरोइनका साथै ३ थान मोबाइल फोन समेत बरामद गरिएको छ।पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छ्न ।
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट