श्रावण -०६, नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट ठूलो परिमाणको लागूऔषध खैरो हेरोइनसहित दुई जना महिला पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ बाट ४ सय ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नं. १ घर भई हाल बाँकेमा रहँदै आएकी ३३ वर्षीया ललिता बुढाथोकी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ की २४ वर्षीया निशा मगर रहेका छन्।


विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा फेला पारेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। उनीहरूको साथबाट खैरो हेरोइनका साथै ३ थान मोबाइल फोन समेत बरामद गरिएको छ।पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छ्न ।