लोकप्रिय

लोकप्रिय

पोर्चुगलमा अवसर छ, भाषा र सीप छैन भने नआउनुहोला!


पोर्चुगलमा अवसर छ, भाषा र सीप छैन भने नआउनुहोला!

पोर्चुगल युरोपियन युनियनको सेन्जेन देशहरूको समूहमा रहेको देश हो। पोर्चुगललाई विश्वकै सात औं शान्ति देशका नाममा पनि चिनिन्छ। भौगोलिक बनावट र हावापानी लगभग नेपालसँग नै मिल्छ।

समुन्द्र किनार पोर्चुगलमा छ भने हिउँ पर्ने हिमाल यहाँ छैन। नेपालभन्दा सानो देश जनसंख्या पनि नेपालको भन्दा कम छ।

पछिल्लो समय नेपाली युवाहरूको आकर्षक गन्तव्यको रूपमा पोर्चुगलले स्थान बनाएको छ।

यहाँका युवाहरू पनि कमाइका लागि युरोपका अन्य देश, अष्ट्रेलिया , क्यानडा लगायतमा जाने गरेका छन्। त्यसैले पनि यहाँ झन् युवाहरूको माग बढी छ।

पोर्चुगलका सरकारी कार्यालयमा धेरैजसो पाको उमेरका मानिसहरू मात्र देखिन्छन्।  

देशको घट्दो जनसंख्या र युवा पलायनका कारण यहाँ आप्रवासीहरूलाई सहज तरिकाले बस्न दिइन्छ। यत्ति मात्र होइन पोर्चुगलमा यतिबेला आप्रवासीलाई रेसिडेन्स कार्ड र नागरिकता सहजै पाइने हुनाले नेपाली युवा यहाँ आउने गरेका छन्।

 

नेपालबाट १८ वर्ष पुगेका युवा मात्र होइन पछिल्लो समय ५० वर्ष काटेका मानिसहरू पनि यहाँ काम गर्न आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट