चितवन — नेपाली क्रिकेटमा सक्रिय युवा खेलाडी तथा चितवन राइनोजका दायाँहाते ब्याट्सम्यान दीपक बोहरा लाई Bhajju Hospitality Pvt. Ltd. अन्तर्गतको Wilderness ले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
खेलकुद र आतिथ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित Wilderness ले बोहरासँग सहकार्य गरेको हो। चितवन राइनोजबाट आफ्नो क्रिकेट यात्रा अघि बढाइरहेका बोहरा विशेषगरी आफ्नो ब्याटिङका लागि परिचित छन्।
Bhajju Hospitality Pvt. Ltd. का proprietor सन्तोष श्रेष्ठ (Sandy) ले युवा क्रिकेटरको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणबाट प्रभावित भएर बोहरासँग सहकार्य गरिएको बताए।
“दीपक बोहरा युवा पुस्ताका लागि प्रेरणादायी खेलाडी हुन्। उहाँको मेहनत, अनुशासन र क्रिकेटप्रतिको समर्पण हामीलाई मन परेको छ। चितवन राइनोजका दायाँहाते ब्याट्सम्यानका रूपमा उहाँले आफ्नो पहिचान बनाउँदै जानुभएको छ। Wilderness लाई खेलकुद र युवा पुस्तासँग जोड्ने हाम्रो उद्देश्यमा उहाँसँगको सहकार्य महत्वपूर्ण हुनेछ,” श्रेष्ठले भने।
उनका अनुसार Wilderness आगामी दिनमा नेपाली खेलाडी तथा क्रिकेट समुदायसँगको सहकार्यलाई अझ विस्तार गर्दै जानेछ। खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद क्षेत्रसँग नजिकको सम्बन्ध स्थापित गर्ने उद्देश्यले ब्रान्डले विभिन्न गतिविधिमा सहकार्य गर्ने योजना बनाएको छ।
ब्रान्ड एम्बेसडरका रूपमा बोहराले Wilderness का विभिन्न प्रचारात्मक तथा खेलकुद केन्द्रित गतिविधिमा सहभागिता जनाउनेछन्। यस सहकार्यले Wilderness, नेपाली क्रिकेट र चितवन राइनोज बीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।