लोकप्रिय

लोकप्रिय

पत्रकारको आवरणमा लागुऔषध धन्दा: गियरबक्सभित्र लुकाएको खैरो हेरोइनसहित सिन्धुलीमा न्यूज रिपोर्टर पक्राउ 


Saptarangilive
  • पत्रकारको आवरणमा लागुऔषध धन्दा: गियरबक्सभित्र लुकाएको खैरो हेरोइनसहित सिन्धुलीमा न्यूज रिपोर्टर पक्राउ 
    श्रावण - २०, बर्दिबास । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार गाडीभित्र लुकाएर लागुऔषध तस्करी गरिरहेको अवस्थामा एक न्यूज रिपोर्टर कार चालकसहित ३ जना पक्राउ परेका छ्न ।
    IMG-20260805-WA0011.jpg
    सिरहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष टोलीले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ९ स्थित सिराहाको सिमाना नजिकै चेकजाँच गर्दा पक्राउ गरेको हो । शंका लागेर प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कारको गियरबक्सभित्र चलाखीपूर्वक लुकाएर राखेको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन बरामद भएको छ।
    IMG-20260805-WA0015.jpg
    पक्राउ पर्नेमा 'जनजागरण खबर' नामक अनलाइन वा मिडियाका न्यूज रिपोर्टर उमेश कुमार यादव रहेका छन्, जो सोही कारका चालक समेत हुन्। प्रहरीले उनीसहित तीनै जनालाई सिन्धुलीबाट नियन्त्रणमा लिएको हो।
    IMG-20260805-WA0013.jpg
    तीन जनाको विवरण यस्तो रहेको छ :
    १.उमेश कुमार यादव ,वर्ष २६
     ठेगाना: जिल्ला सिराहा, लक्ष्मीपुर गा.पा. वडा नं. २ (कार चालक तथा न्यूज रिपोर्टर)
    २. रमेश कुमार राम ,वर्ष ३०
    ठेगाना: जिल्ला सिराहा, लहान न.पा. वडा नं. १०
    ३. गुल्सन प्रसाद साह , वर्ष २५ 
     ठेगाना: जिल्ला सिराहा, लक्ष्मीपुर गा.पा. वडा नं. २
     
    उनिहरुको साथ बाट फेला परेका सामानहरु यसप्रकारका छ्न :
    • मोबाइल  ४ थान
    • बा १६ च ७८४६ नम्बरको कार १ थान
    •  ४४ ग्राम ३४० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन
    IMG-20260805-WA0014.jpg
    प्रहरीका अनुसार उक्त कार न्यूज रिपोर्टर उमेश कुमार यादवले हुलास फाइनान्स, काठमाडौंबाट किस्ताबन्दीमा खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
    पक्राउ परेका तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा बुझाइएको ब्यूरो प्रमुख एसएसपी सुबासचन्द्र बोहराले जनाएका छन।
     
    नोट : पक्राउ परेका कार चालक उमेश कुमार यादवसँग ‘Janjagaran Khabar’ नामक सञ्चारमाध्यमको ‘News Reporter’ परिचयपत्र फेला परेको र उनले उक्त परिचयपत्र प्रयोग गरी लागुऔषध ओसारपसार गर्न खोजेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।
     
     
     
     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट