लोकप्रिय

लोकप्रिय

एसएसपी बोहराको ब्यूरो टोलीले तोड्यो लागुऔषधको अन्तरदेशीय सञ्जाल, ५७८ ग्राम हेरोइनसहित दुई जना पक्राउ


Saptarangilive
  • एसएसपी बोहराको ब्यूरो टोलीले तोड्यो लागुऔषधको अन्तरदेशीय सञ्जाल, ५७८ ग्राम हेरोइनसहित दुई जना पक्राउ

    श्रावण  - १८,  नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट लागूऔषध कारोबारीलाई प्रहरीले ठुलो परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको छ। कर्णाली र लुम्बिनी प्रदेशमा लागुऔषधको 'डिलर' नै खोलेर बिक्री वितरण गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    1000114954.jpg

    पक्राउ पर्नेहरूमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर- ४ घर भएका बर्ष ३० का सुशील भण्डारी र सोही उपमहानगरपालिकाको वडा नम्बर -१० घर भएका  बर्ष ५५ का अरुण कुमार जयसवाल रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा नेपालगञ्ज–४ बाट दुवै जनालाई लागुऔषध र स्रोत नखुलेको रकमसहित पक्रन सफल भएको हो।

    1000114955.png
    लागुऔषध नियन्त्रण ब्यूरोका केन्द्रिय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबासचन्द्र बोहराले दिएको जानकारी अनुसार पक्राउ परेका दुवै जनाको साथबाट कुल ५७८ ग्राम ९५० मिलिग्राम प्रतिबन्धित खैरो हेरोइन बरामद गरिएको छ। अवैध बजारमा यसको मूल्य लाखौँ रुपैयाँ पर्ने उनले भने । यसका साथै खानतलासीका क्रममा प्रहरीले लागुऔषध तौलिन प्रयोग गरिने १ थान डिजिटल तराजु समेत बरामद गरेको छ। कारोबारीहरूबाट लागुऔषध बिक्री गरेर राखेको अवस्थामा नेपाली रुपैयाँ १ लाख ८० हजार र भारतीय रुपैयाँ २ लाख १४ हजार नगद समेत फेला परेको र उक्त रकम जफत गरिएको प्रहरीले जनाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा यो समूहले लागुऔषध तस्करीको ठुलो सञ्जाल चलाइरहेको खुलासा भएको छ। उनीहरूले उक्त खैरो हेरोइन भारतको उत्तर प्रदेशस्थित 'बाह्रपंखी' (बाराबंकी) भन्ने स्थानबाट अवैध नाका प्रयोग गरी नेपाल भित्र्याएका थिए। तस्करी गरेर ल्याइएको उक्त लागुऔषध नेपालगञ्जमा भण्डारण गरी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा रहेका खुद्रा कारोबारी र प्रयोगकर्ताहरूसम्म पुर्‍याउने उद्देश्यले नेपालगञ्जमा डिलर नै सञ्चालन गरेको अनुसन्धानबाट प्रमाणित भएको छ।पक्राउ परेकामध्ये ५५ वर्षीय अरुण कुमार जयसवाल पुराना र व्यावसायिक लागुऔषध कारोबारी (पटके) भएको प्रहरी रेकर्डबाट खुलेको छ। उनी यस अघि वि.सं. २०७५ साल असोज महिनामा २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई ३ वर्ष कैद सजाय भुक्तान गरेर उनी जेलबाट छुटेका थिए। तर, जेलबाट छुटेपछि पनि उनले झन् ठुलो परिमाणमा लागुऔषधको अवैध धन्दा सुरु गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका भण्डारी र जयसवाल दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान, म्याद थप र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको एसएसपी सुबासचन्द्र बोहराले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट