लोकप्रिय

लोकप्रिय

लागुऔषध ब्यूरोलाई अर्को  ठुलो सफलता , झापामा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित खैरो हेरोइन बरामद


Saptarangilive
  • लागुऔषध ब्यूरोलाई अर्को  ठुलो सफलता , झापामा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित खैरो हेरोइन बरामद
    श्रावण -१३,बिर्तामोड। लागु औषध ओसारपसारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको  नेपाल प्रहरीले झापामा ठुलो सफलता हात पारेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले ५० ग्रामभन्दा बढी प्रतिबन्धित खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई  पक्राउ गरेको हो।
    1000114177.jpg
    ब्युरोको काँकडभिट्टा शाखाबाट खटिएको विशेष प्रहरी टोलीले झापा वडा नं. ३ को सडक खण्डमा शङ्कास्पद रूपमा गुडिरहेको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा भारतको बिहार, किसनगञ्ज निवासी २२ वर्षीय मोहम्मद फारुकको साथबाट ५० ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट खैरो हेरोइन(५० ग्राम ५० मिलिग्राम),भारतीय नम्बर प्लेट BR 37 AB 5859 को मोटरसाइकल र १ थान मोबाइल फोन बरामद गरेको छ ।
    1000114048.jpg
    सीमावर्ती क्षेत्रमा लागु औषधको अवैध धन्दा चलाइरहेको आशङ्कामा प्रहरीले फारुकमाथि निगरानी बढाएको थियो। बरामद गरिएको मोटरसाइकल र लागु औषधसहित उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीको भनाइ छ। सीमा क्षेत्रबाट हुने यस्ता अवैध ओसारपसारलाई रोक्न प्रहरीले कडा निगरानी थालेको छ।


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट