असार - २१ , हेटौँडा चर्को आन्तरिक गुटबन्दी र प्रतिपक्षी दलहरूको विरोधका बिच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। शनिबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङद्वारा प्रस्तुत ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित गरेको हो।

csd.png

आफ्नै दलभित्रको दाउपेच, तीव्र आन्तरिक गुटबन्दी र प्रतिपक्षी दलहरूको अनेकौँ हर्कतलाई पूर्ण रूपमा असफल तुल्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बजेट पारित गराउन सफल भएका छ्न। चौतर्फी घेराबन्दीका बाबजुद प्रदेशको समग्र विकास र जनताको समृद्धिलाई सर्वोपरि ठानेर अहोरात्र खटिने मुख्यमन्त्री बानियाँ बागमती प्रदेशको एक सर्वमान्य, शक्तिशाली र दूरदर्शी नेता हुन भन्ने तथ्य यस ऐतिहासिक सफलताले पुनः पुष्टि गरेको छ। विगतमा गुटगत र संकुचित गतिविधिका कारण सरकार तथा पार्टी नै असफलतातर्फ धकेलिएको तथ्यलाई हेक्का राख्दै मुख्यमन्त्री बानियाँले यसपटक कुनै पनि आन्तरिक दबाब वा बार्गेनिङसँग सम्झौता गरेनन। व्यक्तिगत स्वार्थ र सस्तो लोकप्रियताका लागि सरकार नै ढाल्ने खेलमा लागेका आफ्नै दलका १० जना असन्तुष्ट सांसदहरूलाई मुख्यमन्त्रीको अडान र पार्टी केन्द्रको कडा ह्विप (कारबाहीको डन्डा) ले अन्ततः घुँडा टेक्न बाध्य बनायो।बहुमतले बजेट पारित भएको सुइँको पाएपछि चरम छटपटी र हडबडाहटमा परेका ती अवसरवादी सांसदहरू कारबाहीबाट बच्न हतार-हतार हाजिरी पुस्तिका खोज्दै संसद् सचिवालयतर्फ दौडिएको दृश्यले मुख्यमन्त्री बानियाँको राजनीतिक शक्तिको प्रभावलाई प्रस्ट पारेको छ।

प्रदेश सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बजेट पूर्ण रूपमा न्यायोचित र जनमुखी रहेको दाबी गरेका छन। मुख्यमन्त्री बानियाँले यो बजेट मुख्य गरी ६ वटा बुदामा आधारित रहेको स्पष्ट पारे ।

के हो मुख्यमन्त्रीको ६ बुँदे 'रोडम्याप' ?

१. गरिबमुखी: आर्थिक रूपमा पछाडि परेका विपन्न जनतालाई प्राथमिकता।

२. आयमुखी: परम्परागत प्रणाली तोड्दै सिधै आयआर्जन र रोजगारीमा जोड।

३. न्यायमुखी: स्रोत र साधनको समतामूलक एवं न्यायोचित वितरण।

४. विकासमुखी: प्रदेशका गौरवका आयोजना।

५. गाउँमुखी: सिंहदरबारको अधिकार र विकासलाई गाउँ-गाउँसम्म पुर्‍याउने।

६. पूर्ण जनमुखी: जनताका वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने बजेट।

मुख्यमन्त्री बानियाँले बजेट कार्यान्वयनमा विगत जस्तो ढिलासुस्ती हुन नदिने र नयाँ आर्थिक वर्षको सुरुदेखि नै द्रुत गतिमा काम अगाडि बढाउने दृढता व्यक्त गरेका छ्न। विशेष गरी हिउँदको समयमा विकास निर्माणका कामहरूलाई तीव्रता दिने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको लाभ गरिब जनतासम्म पुर्‍याउने योजना रहेको उनले बताए।आफ्नै दलभित्रको आन्तरिक घेराबन्दी र प्रतिपक्षी दलहरूले संसद्‌मा दर्ता गराएको खर्च कटौतीको प्रस्तावलाई असफल तुल्याउँदै मुख्यमन्त्री बानियाँ अन्ततः बजेट पारित गराउन सफल भएका छ्न। व्यक्तिगत स्वार्थका लागि बखेडा झिक्ने तत्त्वहरूलाई तह लगाउँदै र विपक्षी दलहरूको समेत विश्वास जितेर बजेट पारित गराउनुले मुख्यमन्त्री बानियाँको कुशल व्यवस्थापकीय क्षमता र राजनीतिक उचाइलाई नयाँ उचाइमा पुर्‍याएको छ। यससँगै बागमती प्रदेशमा नीतिगत र राजनीतिक स्थिरता कायम भई विकासको नयाँ मार्ग प्रशस्त भएको विश्लेषण गर्न थालिएको छ।