विद्यालयबाट परीक्षामा सहभागी भएका ३३ जना विद्यार्थीमध्ये ३२ जना विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्। यससँगै विद्यालयले ९६.९७ प्रतिशत नतिजा निकाल्न सफल भएको हो। विद्यालयका प्रिन्सिपल यम बहादुर पौडेलका अनुसार गत वर्ष विद्यालयले शतप्रतिशत नतिजा ल्याएको थियो।
२०८१ सालको एसईई परीक्षामा सहभागी भएका २५ जना विद्यार्थी सबै उत्तीर्ण भएका थिए। यस वर्ष पनि विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको भएपनि एक जना विद्यार्थी अनुत्तीर्ण हुँदा शतप्रतिशत नतिजा कायम हुन नसकेको उहाँले बताउनु भयो। विद्यालय प्रशासनका अनुसार पछिल्ला वर्षहरूमा ग्रामोदय इङ्गलिस स्कुलले अनुशासन, गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक टोली तथा आधुनिक शिक्षण प्रणालीमार्फत विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको छ।
शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले राम्रो पहिचान बनाउँदै आएको बताइएको छ। विद्यालयले आगामी शैक्षिक सत्रका लागि होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा भर्ना खुला गरिसकेको जनाएको छ। आधुनिक तथा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढिरहेको अवस्थामा यी विषयमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहने विद्यालयको अपेक्षा छ।
विद्यालय परिवारले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।