लोकप्रिय

लोकप्रिय

पढ्दै गर्दा भुकम्प आयो,के गर्ने


Saptarangilive
  • पढ्दै गर्दा भुकम्प आयो,के गर्ने
     
    बैशाख - २६, चितवन । विपदीय घटना कति वेला आउँछ भन्ने कुरा पुर्वानूमान गर्न सकिंदैन तर त्यसबाट हुने क्षती न्युनिकरणक गर्न, सुरक्षीत हुने उपायहरूबारेमा बेलैमा जानकारी लिन सकिन्छ । अझै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आकस्मिक रुपमा हुने विपदीय घटनाको सम्बन्धमा जानकारी दिने, सुरक्षीत हुने तरिका सिकाउने र सो सम्बन्धी अभयस्त हुन प्रशस्त अभ्यास गराउन जरुरी छ । 
    1000095133.jpg
    नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवातमा नै आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक कर्मचारीहरुलाई विपदिय घटनाबाट हुन सक्ने क्षती न्युनिकरणको सम्बन्धमा प्रशिक्षण प्रदान गरेको छ । आकस्मिक रुपमा हुन सक्ने विपदीय घटना जस्तै भुकम्प, आगलागी, चट्यांङ, हावाहुरी आउँदा कसरी सुरक्षीत हुने, शिक्षक एवम कर्मचारीहरुले उल्लेखीत समयमा के कसरी कार्य गर्ने जस्ता बिषयमा नमुना अभ्यास समेत गरेर सचेतनामुलक कार्यक्रम संचालन गरेको हो । अभ्यासको क्रममा भुकम्प आएको एउटा काल्पनिक घटना सृजना गरी अध्ययनरत विद्यार्थीहरुलाई कक्षा कोठामा हुँदा  कसरी सुरक्षीत हुने, कक्षामा भएका शिक्षकहरुलको के कस्तो भुमिका हुने, विद्यालयमा सुरक्षीत हुने स्थान छनौट गर्ने,  सुरक्षीत स्थान सम्म कसरी जाने, कुन कक्षाको विद्यार्थी कहाँ जम्मा हुने लगाएतका बिषयमा शिक्षक, विद्यार्थी एवम कार्यरत कर्मचारीहरुलाई अभ्यास गराईएको थियो । अभ्यासको क्रममा घाईते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसंग समन्वय जस्ता बिषयमा समेत शिक्षक कर्मचारीका साथै विद्यार्थीहरुलाइ समेत अभ्यस्त बनाईएको थियो । 
    1000095138.jpg
    नेपाल प्रहरीको विपद व्यवस्थापनसंग सम्बन्धीत कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यायमा कार्यरत सुरक्षाकर्मी समेतको सहयोगमा विपदीय घटनाको सम्बन्धमा पुर्व तयारीको अभ्यास गरीएको हो । अभ्यास पश्चात शैक्षिक सत्र भरि विद्यालय संचालन हुँदा कुनै प्रकारको आकस्मिक विपदिय घटना भएमा कुन शिक्षक कर्मचारीहरुले के कस्तो भुमिका निर्वाह गर्ने भन्ने बारेमा आजै देखी जिम्मेवारी समेत प्रदान गरीएको विद्यालयका समादेशक प्रनि रोशन थापाले जानकारी दिएका छन।
    1000095131.jpg
    नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवात भएकै दिन "घर जस्तै सेवा परिवार जस्तै हेरचाह" भन्ने मुल नाराका साथ आफ्ना सम्पुर्ण विद्यार्थीहरुको स्वास्थ्य जाँचको कार्यक्रम समेत सम्पन्न गरेको ।यो । अभिभावकहरुलाई सुरक्षा, शिक्षा, अनुशासन र समाज प्रति प्रतिबद्धता राखेर नियमित पठनपाठन गरीरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरुलाई पठनपाठन बाहेक अन्य विविध गतिविधीमा सहभागी गराउँदै आएको समादेशक थापाले बताए  ।
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट