चैत्र १९,काठमाडौँ ।आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन्।

केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यका अनुसार पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने जानकारी दिए । पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताए ।