लोकप्रिय

लोकप्रिय

राइजिङ स्टार बोइज टी–२० क्रिकेट टुर्नामेन्टमा वान डे क्रिकेट एकेडेमी विजयी


Saptarangilive
  • माघ - २८,काठमाडौं। काठमाडौंको सिफल मैदानमा सम्पन्न राइजिङ स्टार बोइज टी–२० क्रिकेट टुर्नामेन्टमा देशभरका २६ टिमले सहभागिता जनाए। सहभागी टोलीहरूमा पोखरा, घोडाघोडी, जनकपुर, नेपालगञ्ज लगायतका शहरका टिमहरू रहेका थिए।
    hardik.GIF
    आज भएको फाइनल खेलमा वान डे क्रिकेट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै सिइसी एकेडेमीलाई पराजित गर्दै उपाधि हात पारेको छ।
    वान डे बी टिमका कप्तान हार्दिक न्यौपानेको नेतृत्वमा खेलिएको यस फाइनलमा विजयी टोलीले नगद ३०,००० रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
    यस जितसँगै वान डे एकेडेमीले आफ्नो क्रिकेट क्षमताको बलियो परिचय दिएको छ। प्रतियोगितामा देखिएको उत्साह र प्रतिस्पर्धाले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको संकेत गरेको छ ।
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट