करिब दुई सातादेखि चुपचाप रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन २ आउने भएका छन्। खुट्टाको घाउका कारण केही दिनदेखि आराम गरिरहेका रवि लामिछाने बिहीबार भने चितवन आउने निश्चित भएको रास्वपा चितवनले जानकारी दिएको छ ।