सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो।लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ ।