लोकप्रिय

लोकप्रिय

सुदूरपश्चिमले दियो काठमाडौंलाई १४८ रनको लक्ष्य , हर्मितको आक्रामक अर्धशतक


सुदूरपश्चिमले  दियो  काठमाडौंलाई  १४८  रनको  लक्ष्य , हर्मितको  आक्रामक  अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ । बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुदूरपश्चिमका  लागि  हर्मित सिंहले २० बलमा ५३ रनको आक्रामक अर्धशतक प्रहार गरे । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५ र इसान पाण्डेले ११ रन बनाए ।

बलिङमा काठमाडौंका  कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट