जेनजी आन्दोलनमा अपराधिक घटना घटाएका व्यक्तिलाई प्रोत्साहन गर्ने काम भएको र उनीहरुले नै बारामा बुधबार अराजक गतिविधि गरेको उनले बताए । उनले बारामा नियोजित रुपमा नै एमालेको कार्यक्रम भाड्न खोजेको भन्दै सभा गर्न नदिनेले चुनाव गर्छ भनेर पत्याउन नसकिने जिकिर गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकारले स्वतन्त्र रुपमा अभिव्यक्ति राख्न नदिएर निरंकुश प्रवृति देखाएको आरोप लगाए । सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको भन्दै उनले तत्काल रिहाइ गर्न माग समेत गरे ।
ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उनले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।
जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने भएकाले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिए ।