लोकप्रिय

लोकप्रिय

प्रदेश सुशासन र पिएलजिएसपीको निर्देशक समितिको बैठक सम्पन्न


प्रदेश सुशासन  र  पिएलजिएसपीको  निर्देशक  समितिको  बैठक  सम्पन्न

बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) को निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको छ ।

 बागमती  प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँको  अध्यक्षतामा दुबै बैठक सम्पन्न भएको हो । बैठकमा सुशासन केन्द्रको आव ०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तयार भएको पाँचौ बार्षिक प्रतिवेदन  बैठकमा पेश भई बित्तीय तथा भौतिक प्रगतिको समिक्षा गरेको छ । बैठकले केन्द्रको कार्यक्रम संचालन गर्दा गुणस्तरमा सुधार गर्दै प्रभावकारी रुपले संचालन गर्न निर्देशन दिने निर्णय  गरेको छ । त्यस्तै आव ०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्न कार्यान्वयन कार्ययोजना  तयार गरी सोही बमोजिम गर्न निर्देशन दिने निर्णय गरेको छ ।

06206a34-0bab-47d1-bdc6-68de25c70884.jpg

त्यस्तै, पिएलजिएसपी निर्देशक समितिको बैठकले चालु आव ०८२/०८३ को बार्षिक कार्यक्रम  रणनीतिक कार्यान्वयन योजना स्वीकृत गर्ने निर्णय गर्दै आगामी बर्षको बजेट तयार गर्नुपूर्व आवश्यकता अनुसार समितिको बैठकको आयोजना गर्ने र चालु आवको कार्यक्रम कार्यान्वयन योजना तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रादेशिक कार्यक्रम संयोजकको अध्यक्षतामा गठन हुने प्रदेश प्राविधिक सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नवप्रर्वतन साझेदारी परियोजना प्रदेशका सबै जिल्लाका कम्तिमा एक पालिकामा सञ्चालन हुने व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ । बैठकमा मूख्यमन्त्री बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव बाबुराम अधिकारी, गाउँपालिका महासंघ र जिसस महासंघका प्रतिनिधि, मूख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिव, सुशासन केन्द्र र पिएलजिएसपीका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

dc0663a8-3db0-4d54-a649-5ac67e04ced8.jpg
f9b5ea81-e7d6-4f1c-bda5-a150ef2bfcba.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट