लोकप्रिय

लोकप्रिय

मौसम पूर्वानुमान यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने पूर्वानुमान

मौसम पूर्वानुमान यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने पूर्वानुमान

मौसम  पूर्वानुमान यी   प्रदेशमा  हल्कादेखि  मध्यम  वर्षा  र  हिमपात  हुने  पूर्वानुमान

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  तथा हिमाली भागका केही स्थानमा  हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।

त्यसैगरी, आज राति  देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट