मकवानपुर ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् ।
बानियाँले आफूमाथि सभाको विश्वास छ भनी प्रस्तुत गरेको प्रस्तावको पक्षमा ६३ मत परेको छ भने विपक्षमा २२ मत परेको छ ।
तटस्थमा ७ मत परेको थियो ।
बैठकमा १८ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।
गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका थिए ।