लोकप्रिय

लोकप्रिय

कालिकाका मेयर रेग्मी अमेरिकी भ्रमणमा, अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सक्रिय


कालिकाका मेयर रेग्मी अमेरिकी भ्रमणमा, अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सक्रिय

चितवन:  पूर्वी चितवनको  कालिका नगरपालिकाका मेयर विनोद रेग्मी अमेरिका भ्रमणमा छन्। मेयर रेग्मी फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औं लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका गएका हुन्। विश्वभरिका लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहने उक्त सम्मेलनमा उनले नेपाल र कालिका नगरको प्रतिनिधित्व गरेका छन्।518304941_3988286994769746_6788539032239415322_n.jpg

यात्राको सिलसिलामा मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीसँग शिष्टाचार भेट गरेका छन्।उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो।

त्यस्तै, उनले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गरेका छन्। भेटका क्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, विदेशमा रहेका नेपालीहरूको भूमिका र स्थानीय तहका समृद्धि अभियानबारे कुराकानी भएको जनाइएको छ।

515439529_3988286348103144_5987955547081619200_n.jpg

मेयर रेग्मीको यो भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कालिका नगरको पहिचान प्रवर्द्धन गर्नुका साथै अन्तरसंस्थागत सम्बन्ध विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

518304941_3988286994769746_6788539032239415322_n.jpg
519473777_1313421394124734_7996534648699899507_n.jpg
518273417_3988286111436501_6729066571133602079_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट