लोकप्रिय

लोकप्रिय

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागित

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता


पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता


कास्की,पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित  आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ।

WhatsApp Image 2025-05-24 at 6.55.34 PM.jpeg

यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका "प्यार से बोलोन" भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ। पोखरामा पहिलोपटक एउटै स्थानमा करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थितिमा सम्पन्न यस यज्ञस्थलमा खुट्टा टेक्ने ठाउँ समेत नपाएको अबस्था रहेको थियो। 

देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ। त्यस्तै, जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
शुक्रबार एकादशी परेकाले मात्रै एक लाखभन्दा बढी भक्तजनले कोटिहोममा उपस्थिति जनाएका थिए। वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन गरिएको थियो। श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुजस्ता महानुभावहरूले कथा वाचन र भक्तिभावयुक्त भजन प्रस्तुत गरेका थिए।

WhatsApp Image 2025-05-23 at 7.02.25 PM.jpeg

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजका अनुसार  विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित बिष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। भने स्व. सूर्य व. केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी २ लाख रुपैयाँ दान गरेकी छिन। पोखरेलीले भोलिका दिनमा  १०० रोपनी जग्गा उपलब्ध हुने पोखरेलीले बताएको समेत  गारेका जानकारी गराएका छन्।  

रक्तदानमा हालसम्म ६०० भन्दा बढी युनिट रक्त संकलन भइसकेको छ। साथै, राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन्।
महायज्ञमा सहभागि समाजसेवी सागर ढकालले “मेरो संस्कार म आफैले वैज्ञानिक रूपमा बुझ्नुपर्छ,” भन्दै संस्कारको वैज्ञानिक पक्षप्रति जोड दिएका थिए। उनले दैनिक जीवनमा संस्कार र संस्कृति जिवन्त राख्न आग्रह गरे।
विज्ञ वक्ता रमेश प्रसाईले “आजको युगमा यज्ञमा उपस्थिति जनाउनु मात्र होइन, यो हाम्रो सभ्यताको शिखर चुम्नु हो,” भनी भावनात्मक मन्तव्य दिएका थिए। उनले भक्तिभवको “हे नारद जी” कविता समेत प्रस्तुत गरे।WhatsApp Image 2025-05-24 at 6.55.35 PM.jpeg

जेठ २६ गतेसम्म सञ्चालन हुने कोटिहोम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा सञ्चालन भइरहेको हवनले वातावरण शुद्धीकरण र आध्यात्मिक उर्जाको संचार गरिरहेको संयोजक ढकालले बताए।
महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदान लगायतका विविध वैदिक कर्मकाण्डको व्यवस्था गरिएको छ। साथै, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण कार्यक्रम भैरहेको छ । विवाह इच्छुकहरूका लागि शुभ विवाहको अवसर पनि प्रदान गरिएको छ।

दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ यो भव्य कार्यक्रम आयोजना गरिएको हो।
सकोटिहोम अझै जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। आध्यात्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवामूलक गतिविधिहरूले भरिएको यो ऐतिहासिक यज्ञमा सहभागी भई पुण्य लाभ लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट