लोकप्रिय

लोकप्रिय

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : अध्यक्ष दाहाल


राष्ट्रिय  एकतालाई  सुदृढ  गर्ने  बेला आएको  छ : अध्यक्ष  दाहाल

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी  केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन् ।

विभिन्न  पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका  नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि  आज पार्टी केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा उनले राजनीतिक रूपमा भएका  परिवर्तनको  रक्षा गर्दै  उपलब्धिलाई  परिमार्जन र  विकसित गर्नुपर्ने समय आएको बताए ।

आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक  गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको  पक्षमा रहेको उल्लेख गर्दै तथा  पूर्वप्रधानमन्त्री दाहालले त्यसका लागि निर्वाचन प्रणाली सुधार  गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा अभियान छेडेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धसमेत मजबुद बनाएको बताए ।

अध्यक्ष दाहालले वर्तमान सरकारको  गतिविधिबाट पछिल्लो समय जनआक्रोश बढ्दै गएको भन्दै यस परिस्थितिमा राष्ट्रिय एकता र परिवर्तनको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट