लोकप्रिय

लोकप्रिय

सरकारले म्यानमारमा भूकम्प पीडितका लागि सहायता सामग्री पठाउने


सरकारले  म्यानमारमा  भूकम्प पीडितका  लागि  सहायता  सामग्री  पठाउने

काठमाडौ । नेपाल सरकारले  म्यानमारमा हालै गएको भूकम्पका पीडितहरुका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग  पुग्नेगरी चाउचाउ, विस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लांकेट आदि सहायता सामग्रीहरु म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यस सम्बन्धी बैठकमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका संघसंस्थाहरुलाई पनि आह्वान गरिन् ।

उनले अप्ठेरोमा परेका  म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्नेगरी मानवीय  सहायता एवं राहातस्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिइन् ।

सो बैठकमा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद  ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाललगायतले  निजी क्षेत्रका तर्फबाट संस्थागत रुपमा सहायता सामग्री  उपलब्ध गराउने जानकारी दिए । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राइ, गृह सचिव  गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायले  सहायता सामग्रीहरु जम्मा  गरेर परराष्ट्र मन्त्रालय मार्फत् जतिसक्दो चाँडै म्यानमार पठाइने बताए ।

म्यानमारमा  यही चैत १५ गते गएको ७।७ रेक्टर स्कलेको  भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट