लोकप्रिय

लोकप्रिय

रास्वपाले चितवनबाट जनताको कुरा सुन्ने यात्रा सुरु गर्दै


रास्वपाले चितवनबाट जनताको कुरा सुन्ने यात्रा सुरु गर्दै

 चितवन, चैत १९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछानेका अनुसार  चैत २३ गते शनिबारदेखि जनयात्रा सुरु हुँदै छ ।

सोमबार  बसेको रास्वपाको  केन्द्रिय समितिको बैठकमा सभापति लामिछानेले यसबारेमा जानकारी  दिएका हुन् । जनयात्रा सुरु गर्न लामिछाने  शनिवार चितवन आउने छन् ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित भई हाल सहकारी ठगी  मुद्धाका कारण निलम्बित भएका लामिछानेले आफु गृहमन्त्री  हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई किन ढलाइयो भनि खुलासा गर्दै छन् । आफ्ना मतदातालाई यसबारे जानकारी गराउने उनले बताएका छन् ।

त्यस्तै, ओली नेतृत्वको गठबन्धन  सरकारले अर्को प्रहार गर्नसक्ने भएकाले अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको उनको भनाइ छ। उनले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभई जनताको तन्त्र भएको बताए ।

गणतन्त्रमा पनि सुधार आवश्यक रहेको बताउँदै सबै व्यवस्थाको  उत्कृष्टताको परीक्षा दिनुपर्ने र त्यसमा केही पास भएको तथा केही  फेल भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट