काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किदै छन् ।
मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्ने छन् ।
लामिछानेको सभापत्विमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै, पार्टीको आन्तरिक रणनिति, लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण अभियान देखि महाधिवेशनको तयारीका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।