लोकप्रिय

लोकप्रिय

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना


मौसम  पूर्वानुमान : उच्च पहाडी तथा  हिमाली  भूभागका  एक दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना

काठमाडौं । जल  तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक  प्रभाव रहेको  जनाएको छ ।

महाशाखाका  अनुसार अहिले लुम्विनी प्रदेश  लगायत देशका पहाडी  भूभागमा आंशिक  बदली रही  बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम  मूख्यतया सफा  रहेको छ । तराइका थोरै  भूभागमा हल्का  हुस्सु  लागेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 सुदूरपश्चिम र कर्णाली  प्रदेशका  थोरै स्थान र बाँकी प्रदेशका  उच्च पहाडी  तथा हिमाली  भूभागका एकदुई स्थानमा  हल्का हिमपातको  सम्भावना रहेको छ ।

आज  राति देशभर आंशिकदेखि  साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश  र कर्णाली प्रदेशका थोरै स्थान  तथा देशका बाँकी पहाडी भूभागका  एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम  प्रदेश र कर्णाली  प्रदेशका थोरै  स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी  तथा  हिमाली भूभागका  एकदुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट