लोकप्रिय

लोकप्रिय

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने


Saptarangilive
  • महिला  यु–१९ विश्वकप  खेल्ने टोलीको  बन्द प्रशिक्षण  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा  हुने

    चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका  लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा  हुने भएको छ ।

    भरतपुर  महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

    यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल  क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् । उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको  पनि बताइन् । यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

    यसअघि  नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली  चितवन  राइनोजले पनि यही रङ्गशालामा प्रशिक्षण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट