लोकप्रिय

लोकप्रिय

ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्र मनहरीमा सम्पर्क कार्यालय स्थापना


ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्र मनहरीमा  सम्पर्क कार्यालय स्थापना

नेता  बानियाँको मनहरीमा सम्पर्क कार्यालय  स्थापना हेटौंडा, ६ पुस/मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।

उपप्रधानमन्त्री  तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमका  बीच कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा  सदस्य बानियाँको सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो ! उपप्रधानमन्त्री सिंहले सम्पर्क कार्यालय उद्घाटन गर्दै जनप्रतिनिधिले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सहज पहुँच हुने स्थानमा स्थापना गर्न जरुरी रहेको बताउनुभयो ।

देशमा जवजव जटिल समस्या पर्छ कांग्रेसले नेतृत्व लिएर समाधान गरेको विगतका उदाहरणहरु रहेकाे बताउँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मात्रै विकास र समृद्धि सम्भव भएको बताउनुभयो । कांग्रेस  बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले चुनावको बेला मतदातामाझ गरेको  प्रतिवद्धता अनुरुप कार्यालय खोलेको बताउनुभयो । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी बजारमा मतदाताको गुनासो सुन्न तथा साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँले बताउनुभयो ।

सम्पर्क कार्यालयमार्फत्  मकवानपुर क्षेत्र नम्बर २ ख का मनहरी, राक्सीराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ का मतदाताले विकास निर्माणलगायतका  विषयमा छलफल गर्न सक्नेछन् ।  सम्पर्क कार्यालय उद्घाटन  कार्यक्रममा  कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशका युवा  तथा खेलकुद  मन्त्री मिनकृष्ण महर्जन, कांग्रेस  बागमती प्रदेश सदस्यद्वय सन्त चेपाङ र जानुका लामा, कांग्रेस प्रदेश क्षेत्रीय सभापति एवं मनहरी  गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का  वडाअध्यक्ष ठाकुर तितुङलगायतले मन्तव्य ब्यक्त  गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट