लोकप्रिय

लोकप्रिय

कहाँ कहाँ छ आज वर्षाको सम्भावना


कहाँ  कहाँ  छ  आज  वर्षाको  सम्भावना

काठमाडौँ ।  पश्चिमी वायुका साथै स्थानीय  वायुको प्रभावले बदली  र वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम  पूर्वानुमान महाशाखाले  जनाएको छ ।

देशको  लुम्बिनी, सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी  प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक  प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश , बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम  मुख्यतया सफा छ ।

आज  दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा  रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका  एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको  समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २९ गते मङ्गलबार  पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली  रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि  सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट