लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीले दिए मुख्यसचिव अर्याललाई बधाई, राज्यका हरेक निकायलाई जबाफ देही बनाउन सुझाव


प्रधानमन्त्रीले  दिए  मुख्यसचिव  अर्याललाई  बधाई,  राज्यका  हरेक  निकायलाई  जबाफ देही  बनाउन  सुझाव

प्रधानमन्त्री  केपी शर्मा  ओलीले  नवनियुक्त  मुख्यसचिव  एकनारायण  अर्याललाई  बधाई  दिएका  छन् ।  प्रधानमन्त्रीले  अर्याललाई  सामाजिक  सञ्जालमार्फत  बधाई  दिएका हुन् ।

ओलीले  राज्यका  हरेक  निकायलाई  जबाफदेही  बनाउन  सुझाव  दिए ।  नागरिकलाई  सेवा  डेलिभरी  दिन,  विकास  आयोजनालाई  अगाडि  बढाउन,  सुशासन  कायम गर्न  कर्मचारी  प्रशासन  चुस्त  हुनुपर्ने  भन्दै  उनले  यसमा  कर्मचारी  प्रशासनको  ठुलो  भूमिका  हुने  पनि  बताए । 

सामाजिक  सञ्जालमा  उनले  लेखेका  छन्– ‘सरकारले  नीतिगत  नेतृत्व  मात्र ग र्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठुलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो। हरेक  निकायका  अधिकारीलाई  आफ्नो निकायको  कामप्रति  जबाफदेही  बनाउने,  तत्काल  गुनासो  सुन्ने  र  समाधान  गर्ने  प्रणाली  बनाउन  हरेक  निकायका  अधिकारीले  सार्वजनिक  रूपमा  सुनुवाइ  गर्न  मिल्ने  गरी  सामाजिक  सञ्जालमा  आ–आफ्नो  कामको  विवरण  दिने  पेज बनाउनु  राम्रो  हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट