लोकप्रिय

लोकप्रिय

विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी छ : मन्त्री लामिछाने


विपद्मा  परेका  नागरिकको  जीवन  बचाउन  सातै  प्रदेशमा  एयर  एम्बुलेन्स  हुन  जरुरी  छ :  मन्त्री  लामिछाने

काठमाडौँ ।

उपप्रधानमन्त्री  तथा  गृहमन्त्री  रवि  लामिछानेले  सातै  प्रदेशले  एयर  एम्बुलेन्सको  अवधारणा  बनाउनुपर्ने  बताएका  छन् । 

आज  राष्ट्रियसभा  अन्तर्गतको  संघीयता  सबलीकरण  तथा  राष्ट्रिय  सरोकार  समितिको  बैठकमा  बोल्दै  उनले  विपद्मा  परेका  नागरिकहरुको  जीवन  बचाउन  सातै  प्रदेशमा  एयर  एम्बुलेन्स  जरुरी  रहेको  बताए । 

उनले  भने , “विपद्मा  परेका  नागरिकहरुको  जीवन  बचाउन  एयर  एम्बुलेन्स  जरुरी  छ,  सातै  प्रदेशले  एयर  एम्बुलेन्सको  अवधारणा  बनाउनुपर्ने  छ ।” 

यसैगरी  मन्त्री  लामिछानेले  इच्छाशक्ति  भएमा  बजेट  व्यवस्थापन  हुनसक्ने  भन्दै  विपद्  व्यवस्थापनका  लागि  आवश्यक  उपकरणको  जोहो  गर्नुपर्ने  बताए  ।  विपद्बाट नागरिकको  जीवन  बचाउने  कुरालाई  राष्ट्रिय  प्राथमिकताको  विषय  बनाउनुपर्नेमा  जोड  दिए । 

गृहमन्त्री  लामिछानेले  देशभरका  दमकलहरुलाई  एकीकृत  रुपमा  सञ्चालन  गर्नेगरी  अभ्यास  गरिरहेको  बताए  ।  देशैभरी  विभिन्न  कार्यविधि  र  निर्देशन  अनुरुप  चलिरहेका  एम्बुलेन्सहरुलाई  पनि  एकीकृत  प्रणालीमा  ल्याएर  सञ्चालन  गर्नुपर्ने  उनको  भनाई  छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट