हेटौडा
बागमती प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले बागमती प्रदेश सरकारले मकवानपुरगढीलाई विशेष रुपमा हेरिनु पर्ने बताउनु भएको छ । नेता बानियाले मकवानपुरगढी दरवार क्षेत्रलाई अझ पर्यटकीय क्षेत्रको रुपमा बिशेष बिकास गरिनु पर्ने बताउनुभएको छ ।
आज मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा भएको ऐतिहासिक मकवानपुरगढीको २६१ औँ विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले यस्तो बताउनु भएको हो । पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयाे । बागमति प्रदेशले बहुबर्षिय प्रकृयामा जान बानियाँको सक्रियता र वडा अध्यक्ष्य पाख्रिनको पहलमा ९ करोड रुपैया मकवानपुर गढीलाई छुट्याएकोमा विविध कारणले ६ करोडको टेन्डरमा साडे ३ करोडको हाराहारीमा काम भैरको सभापति बानियाँले बताए ।
उहाँले गढीलाई गुरुयोजनानै बनाएर तीन तहकै सरकारको सहकार्यमा यसको वृद्धि विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पहिलो एकीकरण मकवानपुरबाट सुरु गरेको इतिहास रहेको बताउँदै त्यसबेला बाईसे चौबिसे राज्य मध्ये मकवानपुर एक छुट्टै राज्य रहेको बताउनुभयो ।
कार्यक्रमा वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको सभाध्यक्षतामा भएको थियो । साथै प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी , प्रदेशका पूर्व स्वास्थ्य मन्त्री नीमा लामा , गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौँडाका उपरथि प्रदीप जंग केसी , गोरख बहादुर गणका गणपति प्रमुख सेनानी निरन्जन धामी , मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकीलराज बानियाँ मकवानपुरगढी गाउपालिका उपाध्यक्ष मानकुमारी पार्ख्रिन नेपालि , वडा अध्यक्षहरू लगाएतको उपस्थिति रहेको थियो ।