लोकप्रिय

लोकप्रिय

ग्लोबल आईएमई बैंकले भन्यो – रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन


ग्लोबल  आईएमई  बैंकले  भन्यो –  रविको  खातामा  १  करोड  ८०  लाख  जम्मा  भएको  छैन

राष्ट्रिय  स्वतन्त्र  पार्टीका  सभापति  रवि  लामिछानेले  सहकारीबाट  एक  करोड  ८०  लाख  रुपैयाँ  निकालेर  आफ्नो  खातामा  हालेको  भन्ने  समाचारको  ग्लोबल  आइएमई बैंकले  खण्डन  गरेको  छ  ।

 

आज  कान्तिपुर  दैनिकले  ग्लोबल  आइएमई  बैंकको  एउटा  ‘स्लीप’  सहित  रविले  अनाधिकृतरुपमा  पैसा  लिएको  समाचार  लेखेको  थियो  । यस  विषयमा  प्रष्टीकरण दिन  आज  रविले  पत्रकार  सम्मेलन  आयोजना  गरेका  छन्  ।  पत्रकार  सम्मेलनमा  उनले  ग्लोबल  आइएमइ  बैंकले  आफूलाई  दिएको  पत्र  सार्वजनिक  गरेका  थिए  ।  उक्त  पत्र  बैंकले  आज  रविलाई  उपलब्ध  गराएको  हो  । 

पत्रमा  लेखिएको  छ,  ‘उल्लेखिन  मिति  १७/०६/२०२२  मा  त्यहाँको  यस  बैंकमा  सञ्चालनमा  रहेको  खाता  नम्बर ‘.  मा रु  १,८०,००,००० को  चेक  जम्मा  भएको  हुँदा  सो  रकम  खातामा  क्रेडिट  गरिएको  तर  उक्त  चेक  इसीसी  मार्फत  चेक  क्लीयरिङमा  पठाउँदा  अपर्याप्त  ब्यालेन्सको  कारण  फिर्ता  भएको  हुँदा  सो  रकम खातामा  जम्मा  नभएको  व्यहोरा  जानकारी  गर्दछौं ।’ 

पत्रकार  सम्मेलनमा  पूर्वबैंकर  तथा  हाल  रास्वपा  नेता  अनिल  केशरी  साह  उपस्थित  थिए  ।  उनले  पनि  यो  विषयलाई  बैंकिङ   प्रक्रियाको  हिसाबले  प्रष्ट्याए ।  साहका  अनुसार  कसैले  चेक  लिएर  बैंक  आयो  भने  त्यो  लिएर  रसिद  दिइन्छ ।  तर,  खातामा  पैसा  नभएको  खण्डमा  पैसा  जम्मा  हुँदैन । 

उनले  भने , ‘रवि  लामिछानेको  केसमा  मात्र  होइन,  यस्ता  केस  धेरै  हुन्छन् ।  कसैले  क्यास  लिएर  आए  केही  प्रश्न  सोधिन्छ  ।  चेकमा  प्रश्न  सोधिँदैन  ।  टेलर  काउन्टरमा  गएर  चेक  जम्मा  गर्न  सकिन्छ  ।  तर,  पैसा  खातामा  नभएमा  त्यो  जम्मा  हुँदैन  र  सम्वन्धित  व्यक्तिको  फोनमा  घन्टी  पनि  बज्दैन ।’ 

रविले  थपे,  ‘भोलि  मैले  १०  करोड  रुपैयाँको  चेक  लेखेर  कैलाश  सिरोहियाको  खातामा  जम्मा  गरिदिएँ  तर,  मेरो  खातामा  पैसा  छैन  भने  त्यो सिरोहियाको  खातामा  जान्छ  ?  यसैगरि  समाचार  लेखिन्छ ?’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट