लोकप्रिय

लोकप्रिय

गौशाला-२६ को तस्वीर भन्दै सार्वजनिक गर्ने एक जना पक्राउ


गौशाला-२६  को  तस्वीर  भन्दै सार्वजनिक  गर्ने  एक  जना  पक्राउ

काठमाडौँ ।  नेपाल  प्रहरीको  साइबर  ब्यूरोको  टोलीले  गौशाला  २६  को  तस्वीर  भन्दै  सार्वजनिक  गर्ने  एक  जनालाई  पक्राउ  गरेको  छ । 

पक्राउ  पर्नेमा  सङ्खुवासभाका  ३२  वर्षीया  केशरमान  राई  रहेको  नेपाल  प्रहरीको  साइबर  ब्यूरोका  प्रमुख  तथा  प्रहरी  वरिष्ठ  उपरीक्षक  नविन्द  अर्यालले

सप्तरंगी लाइभलाई जानकारी दिनुभयो ।

उहाँले  भन्नुभयो,  “गौशाला  २६  को  तस्वी र भन्दै  सार्वजनिक  गर्ने  केशरमान  राईलाई  सङ्खुवासभा  प्रहरीको  सहयोगमा  पक्राउ  गरेका  छौँ,  विद्युतीय  अपराध  ऐन  अनुसारको  कसूरमा  अनुसन्धान  गर्न  सात  दिन म्याद  थप  समेत  भएको  छ ।” 

सन्दीप  लामिछाने  बलात्कारको  कसूरमा  दोषी  ठहर  भई  ८  वर्ष  वर्ष  जेल  सजाय  भएपछि  पीडितको  तस्वीरहरु  भन्दै  निज  राईले  सार्वजनिक  गरेको  प्रहरीले जनाएको  छ ।  तस्विर  सार्वजनिक  भएका  विषयमा  अनुसन्धान  गरिदिन  भन्दै  ब्यूरोलाई  पीडित  गौशाला  २६  ले  उजुरी  दिएको  बताइएको  छ  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट