लोकप्रिय

लोकप्रिय

रवि लामिछानेले अहिलेको व्यवस्था माथि खतरा र परिवर्तन माथि प्रहार सत्तारुढ दलले नै गरेको आरोप


रवि लामिछानेले अहिलेको व्यवस्था माथि खतरा र परिवर्तन माथि प्रहार  सत्तारुढ  दलले  नै  गरेको  आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताउनुभएको छ ।

शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा सभापति लामिछानले चूनावमा पराजित भएकालाइ चोरबाटोबाट राष्ट्रियसभामा ल्याउनका लागि ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताउनुभएको हो । शासनसत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरुले राष्ट्रपतिबाट चयन हुने राष्ट्रियसभा सदस्यमा पनि चूनाव हारेकालाई नै पठाउन खोजेको उहाले बताउनुभयो ।

रवि लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारुढ दलले नै गरेको आरोप लगाउनुभयो । उहाले ठूला–ठूला फाइल खोलेपनि आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गर्नुभयो

राजनीतिलाई सहि ठाँउमा ल्याउन योग्य इमान्दार युवाहरुलाई स्थान दिनुपर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट