गुल्मी । नेपाली कांग्रे सका महामन्त्री गगन थापाले देश बिग्रियो भनेर अहिले नै निराश नबन्न आग्रह गर्नु भएको छ । उहाँले नेतृत्व बदल्ने सम्हाल्ने काम युवाहरुको काँधमा आएको भन्दै अहिलेको काम गरिबी र बेरोजगारी चिर्दै र हटाउँदै सबैलाई सम्हालेर अघि बढ्ने बताउनु भयो ।
महामन्त्री थापाले नागरिकहरुले व्यवस्था बदल्न नचाहेको तर नेतृत्वको अनुहार र आचरण बदल्न चाहेको बताउनुभयो शनिवार गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आउँदो महाधिवेशनबाट आफूहरुले पार्टी सञ्चालनको तरिका बदल्न चाहेको बताउनुभयो ।
उहाँले अबको निर्वाचनमा कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो । चुनाव हारे पनि फरक नपर्ने भन्दै नेता थापाले चुनाव हारिन्छ भनेर गठबन्धन गर्नु जस्तो राजनीतिक भ्रष्टाचार अब कांग्रेसले नगर्ने स्पष्ट पार्नु भयो ।
आर्थिक , नैतिक र राजनीतिक भ्रस्टाचार सबैभन्दा ठूलो अपराध भएको भन्दै उहाँले त्यस्तो अपराध गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । गणतन्त्रमा गणतन्त्रका लागि प्रश्न गर्न पाइन्छ तर प्रश्न गरयो भन्दैमा कसैको मुख थुन्न नपाइने भन्दै सरकारले बोल्न पाउने हकको सुरक्षा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।