लोकप्रिय

लोकप्रिय

भूकम्प प्रभावितको उद्धारमा सक्रिय हुँदा पार्टीको नाम , झण्डाको प्रयोग नगर्न रास्वपाको निर्देशन


भूकम्प  प्रभावितको  उद्धारमा  सक्रिय  हुँदा  पार्टीको  नाम ,  झण्डाको  प्रयोग  नगर्न  रास्वपाको  निर्देशन

रास्वपाले  भूकम्प  प्रभावितको  राहत  तथा  उद्धारमा  सक्रिय  हुँदा  कुनै  पनि  सदस्यले  पार्टीको  नाम ,  झण्डा  वा  कुनै  प्रकारको  सङ्केत  प्रयोग नगर्न  निर्देशन  दिएको  छ।

पार्टीले  आज  एक  प्रेस  विज्ञप्ति  जारी  गर्दै  जाजरकोटको  रामीडाँडा  केन्द्रबिन्दु  बनाएर  गएराति  गएको  भूकम्पले  पु¥याएको  क्षतिप्रति  दुःख  व्यक्त  गरेको  छ  । भूकम्प  प्रभावितको  राहत  तथा  उद्धारमा  राज्यका  सम्बन्धित  संयन्त्रसँग  आवश्यक  समन्वय  गर्दै  सक्रियरुपमा  परिचालित  हुन  आह्वान  गरेको  छ  ।

 पार्टीले  भूकम्प  प्रभावित  क्षेत्रमा  कुनै  किसिमको  कमीकमजोरी  नहुने  गरी  पीडितको  उद्धार  तथा  घाइतेको  उपचार  र  राहतका  लागि  तत्काल  राज्यका  सबै  संयन्त्र सक्रिय  बनाई  परिचालन  गर्न  सरकारसँग  मागसमेत  गरेको  छ  ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट