लोकप्रिय

लोकप्रिय

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु , तीन सख्त घाइते


चितवनमा  छुट्टाछुट्टै  दुर्घटनामा एकको मृत्यु ,  तीन सख्त घाइते

भरतपुर  ।  चितवनमा  भएका  छुट्टाछुट्टै  सवारीसाधन  दुर्घटनामा  एकको  मृत्यु भएको  छ  भने  अन्य  तीनजना  घाइते  भएका  छन्  । 

बिहीबार  साँझ  खैरहनी  नगरपालिका –१  बहेरा  चोकस्थित  पूर्वपश्चिम  राजमार्गमा  बसको  ठक्करबाट  स्कुटर  चालकको  मृत्यु भएको  हो ।  पूर्वबाट  पश्चिमतर्फ  जाँदै  गरेको  बा९६प ३६३४  नम्बरको  स्कुटरलाई  विपरीत  दिशाबाट  आउँदै  गरेको  बा३ख  २३५४  नम्बरको  बसले  ठक्कर  दिँदा  स्कुटर  चालक  सिन्धुपाल्चोक  सुनकोशी  गाउँपालिका  ५  का  २३  वर्षीय  आनन  लामाको  मृत्यु  भएको  जिल्ला  प्रहरी  कार्यालयले  जनाएको  छ  । 

 दुर्घटनामा  घाइते  लामाको  पुरानो  मेडिकल  कलेजमा  उपचारका  क्रममा  मृत्यु  भएको  हो  ।  उनको  शव  परीक्षणका  लागि  भरतपुर  अस्पतालको  शवगृहमा  राखिएको  छ । ठ क्कर  दिने  बस  र  बसका  चालकलाई  प्रहरीले  नियन्त्रणमा  लिएको  छ ।

 यस्तै  बिहीबार  साँझ  चितवनको   रत्ननगर  नगरपालिका  ७  बद्रेनीस्थित  भित्री  सडक  खण्डमा  मोटरसाइकल  अनियन्त्रित  भई  पल्टदा  तीन  जना घाइते  भएका  छन्  

 बद्रेनीबाट  हात्तीचोकतर्फ  आउँदै गरेको  बा  प्र ०६–००१  प  ४७९०  नम्बरको  मोटरसाइकल  अनियन्त्रित  भई  पल्टिदा  मोटरसाइकल  चालक  खैरहनी  नगरपालिका –१२  का  २०  वर्षीय  समित  महतो,  मोटरसाइकल  पछाडि  सवार  राप्ती  नगरपालिका  ६  का  २१  वर्षीय  विज्ञान  चौधरी,  सोही  ठाउँका  २२  वर्षीय  रोशन  चौधरी  घाइते भएका  थिए ।  सख्त  घाइते  तीनैजनाको  उपचार  भरतपुरको  पुरानो मेडिकल  कलेजमा  भइरहेको छ  ।  रासस 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट